एन आई सी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम (इएलआइएस) को इकाई नियमित खरिद/ पुन:खरिदको लागि खुल्ला गरिएको छ । एन आई सी एशिया क्यापिटल योजना व्यवस्थापक रही संचालित “एन आई सी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम” (इएलआइएस) दोश्रो खुलामुखी योजना हो । एन आई सी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किममा हाल नेपालमा संचालित खुलामुखी म्युचुअल फण्डहरु मध्ये पहिलो पटक -MINI SIP (NPR.500/-) तथा STP (Systematic Transfer Plan) जस्ता विशेषतहरु समावेश गरिएका छन् ।
उक्त योजनाको संकलित रकम मध्ये अधिकांश रकम धितोपत्रको दोश्रो बजारमा सूचिकृत कम्पनीहरु मध्ये भविष्यमा राम्रो प्रतिफल दिन सक्ने कम्पनीहरु छनौट गरी लगानी गरिनेछ । यस क्यापिटलबाट संचालित दोश्रो खुलामुखी योजना एन आई सी एशिया इक्वीटी लिङ्कड इनभेष्टमेण्ट स्किम फण्ड हो ।
एन आई सी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किमको पहिलो चरणमा रु.१० अंकित दरका ५,००,००,००० (पाँच करोड) इकाइ साउन २९ गतेदेखि भदौ १२ गतेसम्म सार्वजनिक रुपमा निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा उक्त निष्काशनको समयमा जम्मा ८२ हजार ७३७ जना आवेदकहरुबाट जम्मा ७,४०,१७,००० इकाई बराबरको इकाई खरिदको लागि रितपुर्वक आवेदन प्राप्त भएको थियो । जुन पहिलो चरणमा माग गरिएको इकाई भन्दा १.४८ गुणा बढी रहेको थियो । उक्त निष्काशनको समयमा रितपुर्वक इकाई खरिद आवेदन गर्ने आवेदकहरुलाई भदौ १६ गते इकाईको बाँडफाँड गरिएको थियो ।
एन आई सी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किमको नेपाल धितोपत्र बोर्डबाट स्वीकृत विवरण–पत्र अनुसार “पहिलोचरणको इकाईको निष्कासन तथा बाँडफाँड सम्पन्न भएको मितिले तीन महिना भित्र उक्त योजनाको इकाई खरिद बिक्री गर्न मिल्ने गरी निरन्तर निष्कासन तथा बिक्रीको लागि खुल्ला हुनेछ” भन्ने व्यवस्था भए अनुरुप एन आई सी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किमको इकाई खरिद/पुर्नरखरिदको लागि २०८२ साल मंसिर १५ गतेदेखि खुल्ला गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
उक्त योजनाको इकाई खरिद/पुर्नरखरिद तथा SIP मा सहभागि हुनको लागि हाल एन आई सी एशिया क्यापिटलको रजिष्टार्ड कार्यालय रहेको स्थान टेड्र टावर नेपाल, थापाथली, काठमाण्डौबाट गर्न मिल्ने व्यवस्था मिलाइएको र निकट भविष्यमा उक्त योजनाको इकाई खरिद तथा SIP मा सहभागि हुनको लागि क्यापिटलको Online सेवा, Digital Wallet, NIC ASIA MoBank लगायत अन्य प्रविधिको प्रयोग गरी उक्त योजनाको इकाई खरिद गर्न मिल्ने व्यवस्था मिलाईने बताइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस