Like us!
Follow us!
Connect us!
Watch us!

समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

आइतबार, १८ चैत्र २०८०, ०८ : ३३ मा प्रकाशित

समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज चैत १८ गते आइतबार अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि चैत १९ गते बुक क्लोज तय गरेको थियो।  

जस अनुसार आज सम्म कायम सेयरधनीले मात्र कम्पनीले घोषणा गरेको लाभांस प्राप्त गर्नेछन  र साधारणसभामा भाग लिन पाउनेछन।

यस कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ५.४२२२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२८५४ प्रतिशत नगद लाभांश वितरण गर्ने भनेको छ।  

कम्पनीले चैत २९ गते नमोबुद्ध ब्याक्वेट एन्ड इभेन्ट बनेपा काभ्रेपलाञ्चोकमा बिहान ११ः३० बजे साधारणसभा डाकेको छ  ।

सभाले एफपीओ निष्कासन गर्ने र कम्पनीले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गर्नेसम्बन्धी भएका सम्पूर्ण कार्य तथा निर्णय पारित गर्नेछ ।

यो बाहेक सभाले अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थासँग गाभ्ने /गाभिने वा प्राप्ति गर्नेसम्बन्धी सम्झौतापत्र तर्जुमा गर्ने र गाभ्ने/ गाभिने वा प्राप्तिसम्बन्धी आवश्यक अन्य सम्पूर्ण प्रक्रिया पूरा गर्नरगराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

तेस्तै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको