Like us!
Follow us!
Connect us!
Watch us!

समता घरेलु लघुवित्तको सेयर बिक्रीमा

अर्थ संसार

आइतबार, ३० भदौ २०८१, ०९ : ४६ मा प्रकाशित

समता घरेलु लघुवित्तको सेयर बिक्रीमा

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ हजार संस्थापक सेयर बिक्रीमा खुला गरिएको छ।

कम्पनीका संस्थापक सेयरधनीको नाममा रहेको ५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणले किन्न पाउनेगरी बिक्रीमा राखिएको हो।

यसअघि २० हजार कित्ता संस्थापक सेयर संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्री खुला गरिएको थियो। तर, १५ हजार कित्ता सेयर मात्र बिक्री भएको छ। जसकारण बाँकी रहेको ५ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।

इच्छुकले आवश्यक पर्ने कागजातसहित ७ दिनभित्र काभ्रेको बनेपा-७ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको सेयर र सोको दरभाउ समेत खुलाई निवेदन दिनु पर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको