Like us!
Follow us!
Connect us!
Watch us!

लगानी सम्मेलनको पूर्वसन्ध्यामा बङ्गलादेशमा प्रि-इभेन्ट सेमिनार

अर्थ संसार

आइतबार, १८ चैत्र २०८०, १० : ३८ मा प्रकाशित

लगानी सम्मेलनको पूर्वसन्ध्यामा बङ्गलादेशमा प्रि-इभेन्ट सेमिनार

तेस्रो नेपाल लगानी शिखर सम्मेलन २०२४ को प्रि-इभेन्ट कार्यक्रमका रुपमा बङ्गलादेशमा शनिबार साँझ सेमिनारको आयोजना गरिएको छ ।

२८-२९ अप्रिलमा काठमाडौंमा हुन लागेको लगानी सम्मेलनबारे जानकारी दिन दूतावास परिसरमा सेमिनारको आयोजना गरिएको जनाइएको छ । लगानी शिखर सम्मेलनबारे अन्तरदृष्टि प्रदान गर्ने र सम्मेलन आयोजनाका अपेक्षाहरू प्रकाश पार्ने उद्देश्य बारे पनि सेमिनारमा जानकारी दिइएको थियो । 

अतिथिहरूलाई स्वागत गर्दै बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले नेपालमा लगानी गर्नुका रणनीतिक फाइदाहरू उल्लेख गदै बंगलादेशी लगानीकर्तालाई जलविद्युत, पूर्वाधार, होटल तथा आतिथ्य, औषधि, सूचना तथा सञ्चार प्रविधिलगायतका प्रमुख क्षेत्रमा लगानीका अवसर खोज्न आग्रह गरेका थिए  । 

गोष्ठीका प्रमुख अतिथि बंगलादेशका उर्जा, उर्जा तथा खनिज सम्पदा राज्यमन्त्री डा. नसरुल हमिदले नेपालमा लगानीको पर्याप्त सम्भावना रहेकोमा जोड दिँदै नेपालसँगको लगानी सम्बन्धलाई अझ सुदृढ गर्न बंगलादेशको इच्छा रहेको बताए । उनले नेपालको विशाल जलविद्युत उर्जा उत्पादनको सम्भावना र बंगलादेशको बढ्दो ऊर्जा मागलाई प्रकाश पार्दै ऊर्जा सहकार्यका सम्भावनामा जोड दिए । 

कार्यक्रममा विशेष अतिथिका रुपमा बोल्दै लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानी सम्मेलनको लागि भइरहेको तयारीका बारेमा प्रकाश पारेका थिए । शिखर सम्मेलनले विश्वभरका सम्भावित लगानीकर्ता, नीति निर्माता, विज्ञ र वित्त संस्थाहरूलाई नेपालमा लगानीका अवसरहरू खोज्न र देशका व्यापारिक व्यक्तित्वहरुसँग साझेदारी निर्माण गर्न मद्दत गर्ने बताए ।

लगानी बोर्ड नेपालका सहसचिव बाबुराज अधिकारीले आगामी शिखर सम्मेलनका बारेमा विस्तृत जानकारी दिँदै प्रस्तुति दिएका थिए । यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री वर्षमान पुनको भिडियो सन्देश पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

भिडियो मार्फत प्रम दाहाल र अर्थमन्त्री पुनले सम्भावित लगानीकर्ताहरुलाई सम्मेलनमा सहभागी हुन निमन्त्रणा दिएका थिए । सेमिनारमा बंगलादेशका सांसदहरु, उच्च पदस्थ सरकारी अधिकारीहरू, थिंक ट्याङ्क, प्रतिष्ठित व्यवसायीहरु, सञ्चारकर्मीलगायत ८० भन्दा बढी सहभागी रहेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको