महालेखापरीक्षकमा राष्ट्रिय तथ्यांक कार्यालयका सचिव तोयम राय सिफारिस भएका छन् ।
आईतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षको कार्यालयमा रायलाई पठाउन सिफारिस गरेको हो । उनलाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा सिफारिस गरिएको हो ।
टंकमणि शर्मा सेवानिवृत्त भएपछि गत जेठदेखि महालेखापरीक्षको कार्यालय खाली रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस