Like us!
Follow us!
Connect us!
Watch us!

एन आई सी एशिया बैंकले मनायो ‘ग्लोबल मनी विक,६ हजारभन्दा धेरै विद्यार्थी तथा युवा लाभान्वित

अर्थ संसार

आइतबार, १८ चैत्र २०८०, १७ : १९ मा प्रकाशित

एन आई सी एशिया बैंकले मनायो ‘ग्लोबल मनी विक,६ हजारभन्दा धेरै विद्यार्थी तथा युवा लाभान्वित

एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ देशभरका विद्यार्थीमाझ सप्ताहव्यापी विभिन्न कार्यक्रम सञ्चालन गरेर यो वर्षको ‘ग्लोबल मनी विक २०२४’ सम्पन्न गरेको छ ।

बैंकका सातै प्रदेशका १०० भन्दा बढी शाखाले विद्यार्थी र युवालाई वित्तीय साक्षरता अभिवृद्धि अभियानमा सहभागी गराउँदै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरे ।

बैंकको मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता जिल्लाका बैंक शाखाहरुले यो यस अभियान अन्तर्गत विद्यार्थीहरुलाई शाखा भ्रमण गराउने लगायतका वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ ।
काठमाडौं । एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ देशभरका विद्यार्थीमाझ सप्ताहव्यापी विभिन्न कार्यक्रम सञ्चालन गरेर यो वर्षको ‘ग्लोबल मनी विक २०२४’ सम्पन्न गरेको छ ।

बैंकका सातै प्रदेशका १०० भन्दा बढी शाखाले विद्यार्थी र युवालाई वित्तीय साक्षरता अभिवृद्धि अभियानमा सहभागी गराउँदै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरे ।

यो अभियानबाट मुलुकभरका ६ हजारभन्दा धेरै विद्यार्थी र युवा लाभान्वित भएका बैंकले जनाएको छ ।

बैंकले देशका ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११६ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष रुपैयाँ २३ अर्ब ७ करोड भन्दा बढी राजस्व सरकारलाई भुक्तानी गरेको जनाएको छ ।

गत आर्थिक वर्षमा ३ अर्ब ६१ करोड भन्दा बढी राजस्व सरकारलाई बुझाएको जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको