Like us!
Follow us!
Connect us!
Watch us!

अनलाइन ठगी गर्ने तीन चिनियाँ पक्राउ, १२० थान कम्प्युटर बरामद

अर्थ संसार

आइतबार, १८ चैत्र २०८०, १८ : २० मा प्रकाशित

अनलाइन ठगी गर्ने तीन चिनियाँ पक्राउ, १२० थान कम्प्युटर बरामद

अनलाइन मार्फत ठगी गर्ने चिनियाँ गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

अनलाइन लोटरी, अनलाइन सपिङ जस्ता विभिन्न प्रलोभन देखाई नेपाली तथा विदेशी व्यक्तिहरूलाई ठगी गर्दै आएका उनीहरुलाई प्रहरीले पर्साबाट नियन्त्रणमा लिएको हो । उनीहरुले वीरगन्ज क्षेत्रमा व्यवस्थित कल सेन्टरकै शैलीमा ठगी गतिविधि चलाएको अनुमान गरिएको छ ।

पक्राउ परेका व्यक्तिहरुको साथबाट प्रहरीले १२० थान कम्प्युटर तथा ल्यापटप, ३५ थान मोबाईल फोन र अन्य विद्युतीय उपकरणहरू बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । यस काठमाडौंमै कल सेन्टर खोलेर चिनियाँ नागरिकहरुले ठगी धन्दा चलाउँदै आएको भेटिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको