Like us!
Follow us!
Connect us!
Watch us!

व्यवसायीलाई राजस्व संकलनका लागि अनावश्यक दुःख नदिने अर्थमन्त्रीको आश्वासन

अर्थ संसार

मंगलबार, २० चैत्र २०८०, १७ : ५५ मा प्रकाशित

व्यवसायीलाई राजस्व संकलनका लागि अनावश्यक दुःख नदिने अर्थमन्त्रीको आश्वासन

अर्थमन्त्री वर्षमान पुनले व्यवसायीलाई राजस्व संकलनको लागि अनावश्यक दुख नदिने आश्वासन दिएका छन् । अर्थमन्त्री पुनले मंगलबार अर्थ मन्त्रालयमा  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल संगको भेटवार्तामा यस्तो बताएका हुन् ।

भेटको क्रममा ढकालले अर्थमन्त्री पुनलाई पछिल्ला दिनमा सरकारको राजस्व सङ्कलनमा कमी आएपछि सरोकारवाला निकायले व्यवसायीलाई समस्यामा पारेको उनले बताएका छन् । ढकालले निजी क्षेत्रले सुव्यवस्थित रुपमा काम गर्न नसके व्यवसाय मात्र नभई सरकारको राजस्वमा समेत असर पर्ने बताए । 

उनले लगानी सम्मेलन चाडैंनै हुन गैरहेकोले अर्थमन्त्री पुनलाइ स्वदेशी लगानीकर्ताहरुलाई सम्मान गर्नु पर्ने र सरकारले व्यवसायी हरुको मनोबल बढाउनु पर्ने धारणा व्यक्त गरे । 

अर्थमन्त्री पुनले भने उठेको विषयलाई गम्भीरतापूर्वक हेर्ने आश्वासन दिए । निजी क्षेत्रलाई जसरी पनि सहयोग गर्न सरकार सधै तत्पर रहेको बताएका छन् । 
पुनले देशको अर्थतन्त्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच थप सहकार्य आवश्यक रहेको बताए । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको