Like us!
Follow us!
Connect us!
Watch us!

मार्केटमा सकारात्मक छु, हजार पुर्याउछु भन्दै ४-५ सयमा बेच्ने देखि बच्नुहोस: सुजन बानियाँ (भिडियो)

अर्थ संसार

बुधबार, २१ चैत्र २०८०, ०७ : १५ मा प्रकाशित

पछिल्लो समय सेयरबजारमा युवाहरुको सहभागिता एकदम बाक्लिदै छ।  धेरै युवाले आफ्नो पेशा नै बनाएका छन पुँजीबजारलाई।  आधारभूत र प्राविधिक विश्लेषण गर्दै आफ्नो पुंजीलाई बजारमा दिनानुदिन बजारमा लगानी गर्ने सङ्ख्या बढ्ने क्रममा रहेको छ। 

युवामा आकर्षण देखिए पनि राज्यका नीतिका कारण नेपालको पुंजीबजार बढ्न भने सकेको छैन। नयाँ अर्थमन्त्रीको प्रवेश संगै आकर्षित बजार अहिले फेरि थाकेको जस्तो भएको छ।  जे कुरा लगानीकर्ताले आश गरेका छन्  त्यो कुरा पाए बजार बढ्न समय नलाग्ने धेरै लगानीकर्ताको सोच रहेको छ। 

बजारमा ट्रडेर हाबी देखिंदा आधारभूत विश्लेष्ण गर्ने लगानीकर्ता भने घाटामा नै रहेका छन्। तर स्टकको अध्ययन सहित बजारको माहोल, खेलाडीको दाउ बुझेर लगानी गर्नेले भने कमाएका छन्। घट्दो बजारमा पनि कमाउन सक्ने लगानीकर्ता मानिएका तेस्तै एक जना युवा लगानीकर्तालाई अर्थसंसारले आफ्नो नियमित कार्यक्रम 'लगानीकर्ताको आवाज'मा बोलाएर कुराकानी गरेको छ। ती युवा लगानीकर्ता हुन सुजन बानियाँ। 

बजार १८०० देखि २२०० को चक्रमा घुमेको घुमेकै छ।  यस्तो बेला कस्तो रणनीति लिने , बजारका घटाई र बढाईमा कसरी अगाडी बढ्ने जस्ता दर्जन प्रश्नहरु सहित अर्थसंसारका प्रस्तोता समिर खड्काले  बानियाँसँग गरेको कुराकानी 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको