Like us!
Follow us!
Connect us!
Watch us!

आरोहण सिजन शुरु हुन लागेसँगै एभरेस्ट बेसक्याम्पमा इमर्जेन्सी क्लिनिक

अर्थ संसार

बुधबार, २१ चैत्र २०८०, १४ : ०५ मा प्रकाशित

आरोहण सिजन शुरु हुन लागेसँगै एभरेस्ट बेसक्याम्पमा इमर्जेन्सी क्लिनिक

सगरमाथा आरोहण सिजन शुरु हुन लागेसँगै एभरेस्ट बेसक्याम्पमा इमर्जेन्सी क्लिनिक सुचारु गरिएको छ । 

सन् २००३ मा स्थापित उक्त क्लिनिकमा स्वदेशी र विदेशी चिकित्सकहरुले स्वयंसेवकका रुपमा उक्त क्लिनिकमार्फत स्वास्थ्य सेवा दिने गरेका छन् । पहिले विदेशी डाक्टरहरुले मात्रै सेवा दिने गरेकोमा सन् २०११ देखि नेपाली फिजिसियनहरु पनि स्वयंसेवकका रुपमा उक्त क्लिनिकमा काम गर्न थालेका हुन् । नेपालमा सगरमाथा लगायत शिखरहरु आरोहण गर्न कैयौं स्वदेशी विदेशीहरु आउने गरेका छन् । तर हिमालमा प्रतिकुल अवस्थाका कारण अकस्मात् उनीहरु बिरामी भए शीघ्र सहजै अस्पताल पुर्याउन कठिन हुने हुँदा उक्त इआर क्लिनिकको सेवा निकै नै प्रभावकारी हुने गरेको छ ।

हरेक वर्ष क्लिनिकले ४५० देखि ६५० बिरामीलाई सेवा दिँदै आएको क्लिनिकका सह-निर्देशक डा. सन्जीव भन्डारीले जानकारी दिए । क्लिनिकमा आउने धेरै जसो बिरामीमा एक्युट माउन्टेन सिकनेस, हाइ एल्टिट्युड पल्मोनरी एडेमा, हाइ एल्टिट्युड सेरेब्रल इडेमा जस्ता स्वासप्रस्वासका समस्या तथा शरीरका अङ्ग हिउँले खाइदिने, हड्डी भाँचिने जस्ता समस्याहरु देखिने पनि उनले बताए ।

यसपटक क्लिनिकमा अमेरिकाबाट डा. ग्रेगोरी स्टिलर तथा नेपालबाट श्रेयसी कार्की र निशान्त जोशीले स्वास्थ्य उपचार सेवा दिने जनाइएको छ । यसैगरी उद्धार विज्ञ लाक्पा नोर्बु शेर्पा पनि टिममा रहेका छन् । यो वर्ष सगरमाथा आरोहणका लागि हालसम्म ६३ जनाले अनुमति लिएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको