Like us!
Follow us!
Connect us!
Watch us!

जापानमा पहिलोपटक राइड हेलिङ कम्पनीद्वारा सेवाको थालनी

अर्थ संसार

बुधबार, २१ चैत्र २०८०, १४ : २८ मा प्रकाशित

जापानमा पहिलोपटक राइड हेलिङ कम्पनीद्वारा सेवाको थालनी

विश्वमा उबर, गो जस्ता राइड हेलिङ तथा राइड सेयरिङ कम्पनीले सेवा दिन थालेको दशक बितिसकेपछि जापानमा भने पहिलोपटक सोमबारदेखि त्यस्ता सेवाको थालनी भएको छ ।

ट्याक्सी सेवा प्रदायकको कडा प्रतिरोधका कारण हालसम्म निजी सवारीसाधनमार्फत यस्ता सेवा प्रवाहमा रोक लगाइदै आएकोमा सोमबारदेखि भने केही सीमित स्थानमा समयसमेत निर्धारण गरेर राइड हेलिङ सेवाको शुभारम्भ गरिएको हो । यसरी अब यात्रुले मोबाइल एपमार्फत नै सवारीसाधन बुक गर्न सक्ने भएपनि उनीहरुले भाडामा भने सहुलियत पाउने छैनन् किनकि यसरी बुक गरिएका सवारीको भाडा पनि हाललाई साविकका सार्वजनिक भाडाका ट्याक्सी सरह नै कायम गरिएको छ ।

हाललाई राइड हेलिङ सेवा उपलब्ध गराइएको स्थानहरुमा टोकियोको २३ केन्द्रीय वडाहरु, पश्चिम टोकियोको मुसासिनो र मिताका शहर, केइहिन प्रान्त, नागोया र आसपासका नगरपालिकाहरु र क्योटो शहर र आसपासका क्षेत्रहरु रहेका छन् । नयाँ व्यवस्थासँगै उक्त स्थानमाहरुमा राइड सेयरिङ एपहरु उबर, गो, दिदी, एस राइड लगायतले सेवाप्रदायक निजी सवारी साधनका लागि आवेदन खुलाउने तयारी गरेको जनाएका छन् । उच्च ट्राफिक आवागमन रहने समयमा, बिदाका दिनहरुमा दिन सकिने गरि हाललाई समय निर्धारण गरिएको जनाइएको छ ।

नागोया, क्योटो शहरमा नेपालीहरुको पनि उल्लेख्य बसोबास रहेको हुँदा नयाँ व्यवस्थाले उनीहरुलाई पनि भविष्यमा फाइदा पुग्ने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको