Like us!
Follow us!
Connect us!
Watch us!

तथ्याङ्कले इसारा गर्छ सूर्यज्योति लाइफमा इन्साइडर ट्रेडिङको सम्भावना छ

अर्थ संसार

विहीबार, २२ चैत्र २०८०, ०७ : १५ मा प्रकाशित

तथ्याङ्कले इसारा गर्छ सूर्यज्योति लाइफमा इन्साइडर ट्रेडिङको सम्भावना छ

बुधबार सूर्यज्योति लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गर्यो । सूर्यज्योति लाइफले बजारका लगानीकर्तालाई उत्साहित गर्ने किसिमको ३५ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । 

सूर्यज्योति लाइफको हालको चुक्ता पुँजी चार अर्ब ५४ करोड ५५ लाख रहेको छ। जसको १०.२६ प्रतिशतले बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश बाँड्ने लिने कम्पनीको संचालक समितिले लियो । 

तर उक्त बम्पर लाभांश घोषणाको एक दिन अघि नै सूचना चुहिएको आशंका गर्न ठाउँ भने जन्माएको छ। 

हेर्नुहोस यो तथ्याड़क

एक साता अघि देखिको कम्पनीको कारोबार तथ्याड़क हेर्ने हो भने औसत ३५ हजारको वरिपरि कम्पनीको कारोबार हुँदै आएको देखिन्छ। 

तर बोनस घोषणा अघिको एक  कारोबार दिन अगाडी कम्पनीको कारोबार तीन गुणा बढेर एक लाख १२ हजार कित्ता पुगेको देखिन्छ ।

दोस्रो बजारमा अक्सर उच्च घटाई वा बढाईका बेला यसरी उच्च कारोबार हुने गर्दछ तर मङ्गलबार भने उक्त सेयरको भाउ १.२७ प्रतिशतले मात्र बढेको देखिन्छ । अर्थात सूचना पाएको आधारमा सेयर मूल्य नबढाई सेयर किनिएको देखिन्छ भन्न सकिने आधार छन। 

जब बुधबार कम्पनीले लोभ लाग्ने लाभांशको समाचारसँगै उक्त कम्पनीको सेयरभाउ ६.७४ प्रतिशतले वृद्धि भयो। उक्त वृद्धि सँगसँगै केही ब्रोकरबाट उक्त सेयरको उच्च बिक्री भएको छ ।

बुधबार ब्रोकर २८ बाट एक लाख ५७ हजार कित्ता तथा ब्रोकर ४ बाट ७३ हजार कित्ता सेयर बिक्री भएको छ । उच्च खरिद भने ब्रोकर ५८ मार्फत साढे २४ हजार कित्ता भएको छ ।

बुधबार देखि नै उक्त कम्पनीको प्रमोटर लगायत सेयरको लकइन खुला भएको हो ।

यहिँ विषयमा कम्पनीका उच्च अधिकारीलाई सम्पर्क गर्ने खोज्दा कोहि पनि सम्पर्कमा आएनन। 

उसो त नेपालमा इन्साइडर ट्रेडिङ नयाँ विषय भने होइन । यस अघि पनि कम्पनीका पहुँचवालाले अग्रिम सूचनाको फाइदा उठाउँदै सोही बमोजिम सेयर किन्ने वा बेच्ने गर्दै आएका छन् । सूर्यज्योति लाइफको हकमा पनि इन्साइडर ट्रेडिङ भएको त हैन ? नियामकलाई अर्थसंसारकोतर्फबाट प्रश्न छ !

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको