Like us!
Follow us!
Connect us!
Watch us!

आयात निर्यात दुवै बढ्न सकेन, वस्तु व्यापार घाटामा पनि कमी

अर्थ संसार

विहीबार, २२ चैत्र २०८०, १७ : ४६ मा प्रकाशित

आयात निर्यात दुवै बढ्न सकेन, वस्तु व्यापार घाटामा पनि कमी

यस आर्थिक वर्षको पहिलो ८ महिनामा दुवै आयात तथा निर्यातमा गिरावट आएको छ । अघिल्लो वर्ष यसै समयसम्मको तथ्यांक हेर्दा आयात २.७ प्रतिशतले तथा निर्यात ४ प्रतिशतले घटेको हो ।

यस आवको पहिलो ८ महिनामा १० खर्ब ३० अर्ब २२ करोड रुपैयाँ बराबरको आयात भएको छ । अघिल्लो वर्ष यसै अवधिसम्म आयातमा १९.१ प्रतिशतले कमी आएको थियो । यसैगरी निर्याततर्फ यस आवको पहिलो ८ महिनामा १ खर्ब ६२ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । अघिल्लो वर्ष यसै अवधिसम्म निर्यात २९.१ प्रतिशतले घटेको थियो ।

यसैगरी यस आर्थिक वर्षको पहिलो आठ महिनामा वस्तु व्यापार घाटा ९ खर्ब २९ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । व्यापार घाटामा २.५ प्रतिशतले कमी आएको हो । अघिल्लो वर्ष यसै अवधिसम्म व्यापार घाटामा १७.९ प्रतिशतले कमी आएको थियो । यस्तै यस वर्षको पहिलो ८ महिनामा प्रति एक रुपैयाँको निर्यात हुँदा ९ रुपैयाँ ८० पैसा बराबरको आयात भएको छ । अघिल्लो वर्ष यस्तो निर्यात आयात अनुपात ९.९ प्रतिशत रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको