Like us!
Follow us!
Connect us!
Watch us!

कपाल पलाउन थालेको छ, २० वर्षजति नेतृत्वका लागि अरू कसैले आस नगर्नू: केपी ओली

अर्थ संसार

शुक्रबार, २३ चैत्र २०८०, १३ : ५९ मा प्रकाशित

कपाल पलाउन थालेको छ, २० वर्षजति नेतृत्वका लागि अरू कसैले आस नगर्नू: केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब २० वर्ष पार्टीको नेतृत्वका लागि आस नगर्न नेताहरुलाई आग्रह गरेका छन् ।

शुक्रबार एमाले कास्कीको ११औँ अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा शुक्रवार ओलीले २० वर्षजति अरू कसैले आस नगरे पनि हुने बताएका हुन् ।  

उनले भने ‘कसैले एमालेबिनाको नेपाल भने कठै बरै । माया लाग्छ एमालेबिनाको नेपाल । कसैले केपी ओलीबिनाको एमाले भने दया लागेर आउँछ । केपी ओली नभइदिएको भए यसो गर्छु, उसो गर्छु भन्ने लाग्या होला । मैले पोहोर परार भनेको थिए । जुँगा कालाकाला भएका छन् । मेरो सबै कपाल झरेको थियो । अहिले कपाल पलाउन थालेको छ। रोपेको होइन आफैले पलाउन थालेको छ । अस्ति नै मैले भने २० वर्षजति अरू कसैले आस नगरे पनि हुन्छ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको