Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ

अर्थ संसार

आइतबार, २५ चैत्र २०८०, १७ : ३५ मा प्रकाशित

बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ

 बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलका अनुसार बैंकिङ कसुर मुद्दामा फरार वर्ष ५४ का कोमल बहादुर मगरलाई पक्राउ परेका हुन् ।

कार्यालयबाट खटिएको प्रहरी टोलीले चैत २५ गते जिल्ला काठमाडौं महानगरपालिका वडा ३१ नयाँ बानेश्वर निजामती कर्मचारी अस्पतालबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी बृत्त सिंहदरवार अनामनगर पठाईएको प्रहरीले जानकारी दिएको छ ।

मगर लाई पक्राउ गर्न काठमाडौं  जिल्ला अदालत बबरमहलबाट २०८० फागुन ८ गते पक्राउ अनुमति प्राप्त भएको थियो । त्यसयता उनी फरार रहँदै आएका थिए । रामेछापको दोरम्बा गाउँपालिका वडा नम्बर ३ घर भई भएका मगर ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर ८ लुभु बदै आएका थिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको