Like us!
Follow us!
Connect us!
Watch us!

आज खग्रास सूर्यग्रहण, अमेरिकाका यी शहरमा दिउँसै छाउनेछ अन्धकार

अर्थ संसार

सोमबार, २६ चैत्र २०८०, ०७ : ०१ मा प्रकाशित

आज खग्रास सूर्यग्रहण, अमेरिकाका यी शहरमा दिउँसै छाउनेछ अन्धकार

आज सोमबार औंसीका दिन मेक्सिको, अमेरिका र क्यानडाको आकाशमाथि अद्भुत सूर्यग्रहण लाग्ने भएको छ ।

सूर्यको प्रकाश छेकेर चन्द्र हिँड्ने मार्गमा रहेका मानिसले आज दिउँसै अन्धकार छाउने अवस्थाको अनुभव गर्न लागेका हुन् । आज उत्तर अमेरिकामा लाग्न लागेको ग्रहणका कारण पाथ अफ टोटालिटी भनिने चन्द्रको पूर्ण छाँयामा रहने मानिसले साढे तीन देखि चार मिनेटसम्म दिउँसै अन्धकार महसुस गर्नेछन् । स्थानीय समय अनुसार बिहान ११:०७ बजे दक्षिण प्रशान्त महासागरबाट शुरु भएर मेक्सिकोको प्रशान्तीय तट हुँदै अमेरिकी टेक्सास, ओक्लाहोमालगायत राज्यमा पाथ अफ टोटालिटी पर्नेछ ।

त्यसपछि क्यानडाको ओन्टारियो, प्रिन्स एडवार्ड टापू र नोभा स्कोसिया हुँदै न्यु फाउन्डल्यान्डको आन्ध्र महासागर तटमा पुगी साँझ ५:१७ बजे ग्रहण समाप्त हुनेछ । सूर्य ग्रहण वर्षैपिच्छे लागिरहने भए पनि कुनै एक निश्चित ठाउँमा बसेर यसरी पूर्ण खग्रास ग्रहण हेर्न भने दशकौं कुर्नुपर्ने हुनेछ । नेपालमा भने आजको ग्रहणको कुनै असर रहने छैन । ग्रहण हेर्न इच्छुक नेपालीहरुले नासाले दिने प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन् ।

सूर्यग्रहणका बेला आउने किरणहरु आँखाको रेटिनाका लागि खतरनाक हुने हुँदा आजको ग्रहण नाङ्गो आँखाले हेर्दा पूर्णरुपमा ज्योति गुम्नेसम्मको खतरा रहने वैज्ञानिकहरुको भनाई छ । तसर्थ ग्रहण हेर्दा आधिकारिक कम्पनीले ग्रहण हेर्नका लागि नै बनाएका विशेष इक्लिप्स ग्लास प्रयोग गर्न सुझाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको