Like us!
Follow us!
Connect us!
Watch us!

निरन्तर नयाँ रेकर्ड कायम गर्दै सुनको मूल्य,अझै बढ्ने संकेत

अर्थ संसार

बुधबार, २८ चैत्र २०८०, १० : ५२ मा प्रकाशित

निरन्तर नयाँ रेकर्ड कायम गर्दै सुनको मूल्य,अझै बढ्ने संकेत

नेपाली बजारमा सुनको मूल्यले लगातार चौथों दिन पनि रेकर्ड कायम गरेको छ । 

आइतबारबाट लगातार रेकर्ड मूल्य कायम गर्दै आएको सुनको मूल्यले बुधबार पनि रेकर्ड कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  बुधबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ३६ हजार ८०० रुपैयाँ तोकिएको छ ।

मंगलबार सुनको मूल्य तोलाको १ लाख ३६ हजार ३०० रुपैयाँ रहेको थियो । 

बुधबार तेजावी सुन प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधबार चाँदी प्रतितोला १ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो ।

अमेरिकी रिजर्ब बैंकको नीति, अमेरिकी डलरको मुल्यमा देखिएको मजवुति, द्धन्द तथा चिनले सुनमा बढाएको लगानी लगायतका कारणले सुनको मुल्य उचाइमा पुगेको हो । अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।  अन्तराष्ट्रिय बजारमा सुनको भाउ लगातार बढ्दै गएकोले नेपालमा सुनको भाउ अझै बढ्ने संकेत देखिएको व्यवसायीहरु बताउँछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको