Like us!
Follow us!
Connect us!
Watch us!

दोहोरो अङ्कले घट्यो सेयरबजार, भोल्युममा पनि गिरावट

अर्थ संसार

बुधबार, २८ चैत्र २०८०, १५ : ०९ मा प्रकाशित

दोहोरो अङ्कले घट्यो सेयरबजार, भोल्युममा पनि गिरावट

यो साता कारोबार भएका दुवै दिन बढेको सेयरबजारमा आज भने दोहोरो अङ्कको गिरावट भएको छ ।

मङ्गलबार ९.१९ अङ्कले बढेको सेयरबजार आज भने १०.७१ अङ्कले घटेर २०२५.३० विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल ४ अर्ब १४ करोड ३७ लाख ८३ हजार ९ सय ८९ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर ३ अर्ब ४८ करोड ५६ लाख ६० हजार ६ सय ४० रुपैयाँ पुगेको छ । आज बजार घट्दा कारोबार रकममा पनि गिरावट भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा मान्डु हाइड्रो, खानीखोला हाइड्रो र गुराँस लघुवित्त रहे । ती कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा बढीले वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा विन लघुवित्त र सिंगटी हाइड्रो रहे । ती कम्पनीको सेयरमूल्य १० प्रतिशत कै हाराहारीमा घट्यो ।

आज ट्रेडिङ समूहको उपसूचक १.४६ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन समूहको उपसूचक ०.१३ प्रतिशत बढ्यो । यसैगरी आज फाइनान्स समूहको उपसूचक सर्वाधिक २.५ प्रतिशतले घट्दा होटल तथा पर्यटन समूहको उपसूचक १.६७ प्रतिशतले घट्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको