Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओ निष्काशनको प्रस्तावसहित निलगिरि खोला हाइड्रोपावरले डाक्यो साधारणसभा

अर्थ संसार

विहीबार, २९ चैत्र २०८०, ११ : १९ मा प्रकाशित

आईपीओ निष्काशनको प्रस्तावसहित निलगिरि खोला हाइड्रोपावरले डाक्यो साधारणसभा

आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न निलगिरि खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव सहित साधारणसभा डाकेको छ ।

सभा, आगामी वैशाख २० गते दिन बस्नेछ । कम्पनीको चैत २८ गते बसेको सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो । 

सभामा सर्वसाधारणका लागि प्रारम्भिक साधारण सेयर निष्कासन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, सर्वसाधारणलाई छुट्याइएको सेयर बाहेकको जारी पुँजीमा चुक्ता हुन बाँकी शेयरका बारेमा निर्णय गर्नेलगायतका प्रस्ताव पारित गरिनेछ ।

सभा  काठमाडौं, लाजिम्पाटस्थित आरबी कम्प्लेक्समा बिहान १०ः३० बजेदेखि सुरु हुने बताइएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको