Like us!
Follow us!
Connect us!
Watch us!

दुग्ध किसानको ४८ करोड भुक्तानी बाँकी,समयमै भुक्तानी नभए फेरि आन्दोलनमा उत्रिने चेतावनी

अर्थ संसार

विहीबार, २९ चैत्र २०८०, १७ : ४१ मा प्रकाशित

दुग्ध किसानको ४८ करोड भुक्तानी बाँकी,समयमै भुक्तानी नभए फेरि आन्दोलनमा उत्रिने चेतावनी

मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले दुग्धजन्य उद्योगसँग ४८ करोड भुक्तानी लिन बाँकी रहेको जनाएको छ । संघले किसानलाई सो बराबरको रकम समयमै भुक्तानी नभए आफूहरू आन्दोलनमा जाने चेतावनी दिएको छ ।

कृषि मन्त्रालय अन्तर्गत दुग्ध विकास संस्थान तथा निजी डेरीबीच भएको सम्झौतामा चैत २१ गतेसम्म पुस मसान्तसम्मको दूधको भुक्तानी गर्ने सहमति भएको थियो। तर अझै पनि किसानले दूधको भुक्तानी नपाएपछी आन्दोलनमा जाने चेतावनी दिएका हुन् । 

संघका अध्यक्ष हरिप्रसाद कँडेलले सम्झौताअनुसार दूधको भुक्तानी चैत मसान्तभित्र गरिसक्नुपर्ने र बाँकी भुक्तानी निरन्तर दिने व्यवस्था गर्नुपर्ने, किसानबाट उत्पादित दूध निरन्तर बिक्री हुने व्यवस्था मिलाउनुपर्ने बताए । उनले दुग्ध उत्पादक किसानलाई दिँदै आएको लिटर अनुदानलाई निरन्तर दिने व्यवस्था गरिनुपर्ने र पशु बीमालाई सहकारी संस्थामार्फत गर्ने व्यवस्था गरिनुपर्ने माग गरे । 

अध्यक्ष कँडेलले दुग्ध उत्पादक किसानका समस्याप्रति बेवास्ता गर्ने सरकार र निजी दुग्ध उद्योगीविरुद्ध निर्णायक आन्दोलनमा सहभागी हुनुपर्ने अवस्था आएको बताए । उनले सम्पूर्ण दुग्ध उत्पादक किसानलाई आन्दोलनको तयारी अवस्थामा रहन निर्देशन दिइएको जानकारी बागमती प्रदेश खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री एकालाल श्रेठलाई गराइएको बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको