Like us!
Follow us!
Connect us!
Watch us!

तोलामा ७ सयले बढ्यो सुनको मूल्य

अर्थ संसार

सोमबार, ०३ बैशाख २०८१, १० : ५१ मा प्रकाशित

तोलामा ७ सयले बढ्यो सुनको मूल्य

सोमबार नेपाली बजारमा सुनको मूल्य ७ सय  रुपैयाँले बढेको छ । आइतबार २२ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार ७ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ३७ हजार ५०० रुपैयाँ रहेको छ । छापावाला सुनको मूल्य शुक्रबार १ लाख ३६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुन पनि तोलामा ७ सय रुपैयाँले नै बढेर  प्रतितोला १ लाख ३६ हजार ८५० रुपैयाँमा  कारोबार भइरहेको । आइतबार तेजावी सुन प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार चाँदी १५ रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ७सय  रुपैयाँमा कारोबार भएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको