Like us!
Follow us!
Connect us!
Watch us!

रु रु हाइड्रोको थप ४४ लाख ४५ हजार कित्ता सेयरको कारोबार भोलिबाट खुल्दै

अर्थ संसार

सोमबार, ०३ बैशाख २०८१, १२ : ०६ मा प्रकाशित

रु रु हाइड्रोको थप ४४ लाख ४५ हजार कित्ता सेयरको कारोबार भोलिबाट खुल्दै

रु रु जलविद्युत परियोजनाको आयोजना प्रभावित स्थानीय, कर्मचारी तथा संस्थापक सेयरको लकइन अवधि आज मध्यरातिबाट समाप्त हुँदैछ ।

कम्पनीको सूचना अनुसार संस्थापक समूहको ३९ लाख ४५ हजार ८८८ कित्ता शेयर, आयोजना प्रभावित स्थानीयको ४ लाख ८९ हजार २४५ कित्ता तथा कर्मचारीलाई बाँडफाँड गरिएको ९ हजार ८ सय ५८ कित्ता सेयर गरि कुल ४४ लाख ४४ हजार ९९१ कित्ता सेयरको लकइन अवधि समाप्त हुन लागेको हो ।

कम्पनीको सञ्चालक, कार्यकारी प्रमुख, लेखा परीक्षक, कम्पनी सचिव, उच्च व्यवस्थापकीय पदका कर्मचारी, लेखा सम्बन्धि कार्यमा प्रत्यक्ष संलग्न कर्मचारीहरुको हकमा भने सेयर रोक्का नै रहनेछ । कम्पनीले २०७८ सालको वैशाख ३ गते सर्वसाधारणमा सेयर बाँडफाँड गरेको थियो । आज उक्त कम्पनीको सेयर प्रति कित्ता ६२० रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको