Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यले फेरि बनायो नयाँ ऐतिहासिक रेकर्ड,तोलाको कति पुग्यो ?

अर्थ संसार

मंगलबार, ०४ बैशाख २०८१, १० : ४५ मा प्रकाशित

सुनको मूल्यले फेरि बनायो नयाँ ऐतिहासिक रेकर्ड,तोलाको कति पुग्यो ?

सुनको मूल्यले फेरी ऐतिहासिक रेकर्ड कायम गरेको छ । सोमबार ७ सय रुपैयाँले बढेको सुनको मूल्य मंगलबार १ हजार ७ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य १ लाख ३९ हजार २ सय रुपैयाँ रहेको छ । छापावाला सुनको मूल्य सोमबार १ लाख ३७ हजार ५ सय रुपैयाँ थियो ।

मंगलबार तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजावी सुन प्रतितोला १ लाख ३६ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार चाँदी प्रतितोला १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको