Like us!
Follow us!
Connect us!
Watch us!

महालेखा परीक्षकमा तोयम राया नियुक्त

अर्थ संसार

विहीबार, ०६ बैशाख २०८१, १३ : ०८ मा प्रकाशित

महालेखा परीक्षकमा तोयम राया नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले आज संवैधानिक परिषद्को सिफारिसमा तोयम रायालाई महालेखापरीक्षक पदमा नियुक्त गरेका छन् । 

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २४० को उपधारा (२) बमोजिम मोरङका रायालाई महालेखापरीक्षक पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

मंगलबार बिहान बसेको सुनुवाइ समितिले महालेखा परीक्षकमा रायालाई सर्वसम्मत अनुमोदन गर्ने निर्णय गरेको थियो।

राय पूर्वअर्थसचिवसमेत हुन्। गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि यो पद रिक्त रहेको थियो।

रायलाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा नियुक्त गर्न संवैधानिक परिषद्ले सिफारिस गरेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको