Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकले नेपालमै पहिलो पटक सार्वजनिक गर्यो भर्चुअल क्रेडिट कार्ड

अर्थ संसार

आइतबार, ०९ बैशाख २०८१, १७ : ४१ मा प्रकाशित

सिटिजन्स बैंकले नेपालमै पहिलो पटक सार्वजनिक गर्यो भर्चुअल क्रेडिट कार्ड

डिजिटल बैंकिङलाई उच्च प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको छ ।

सिटिजन्स बैंकमा आयोजित एक कार्यक्रमका बीच सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवश कुमार बीच भर्चुअल क्रेडिट कार्ड संचालन सम्बन्धी सम्झौता भएको छ ।

सिटिजन्स बैंकमा आयोजित एक कार्यक्रमकाबीच सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवशकुमारबीच भर्चुअल क्रेडिट कार्ड संचालन सम्बन्धी सम्झौता भएको छ । साथै बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले भर्चुअल क्रेडिट कार्डको उद्घाटन गरे ।

भर्चुअलक्रेडिट कार्डको लागि सिटिजन्स मोबाइल बैंकिङ एपमार्फत योग्यग्राहकहरूले सिधै आवेदनदिन सक्नेछन । कुनैकागजीकार्य र भौतिक कार्डको आवश्यकता नपर्ने यस्तो कार्डमा ग्राहकले २० हजार रुपैयाँदेखी २ लाख ५० हजारसम्मको क्रेडिट सीमा उपभोग गर्न पाउनेछन । भर्चुअलक्रेडिट कार्ड क्युआर कोड स्क्यान गरेर किनमेल गर्न, नेपालभित्र अनलाइन खरिदहरू गर्न प्रयोग गर्न सकिने बैंकले जनाएको छ । 

यसमा ईएमआइ को सुबिधा पनि रहेको छ । बैंकले ग्राहकहरुलाई ४५ दिनको समयावधिभित्र सजिलै कर्जा चुक्ता गर्ने विकल्प प्रदान गरेको छ साथै उनीहरूको कुल क्रेडिट कार्डको बक्यौताको १० प्रतिशतदेखि शतप्रतिशतसम्म भुक्तानी गर्ने विकल्प पनि प्रदान गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको