Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकका ग्राहकलाई वीरगन्जको मेडिसिटी वयोधा हस्पिटलमा छुट

अर्थ संसार

मंगलबार, २२ साउन २०८१, १७ : ०४ मा प्रकाशित

सिटिजन्स बैंकका ग्राहकलाई वीरगन्जको मेडिसिटी वयोधा हस्पिटलमा छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरुलाई पर्साको वीरगन्जस्थित नेपाल मेडिसिटी वयोधा हस्पिटलका सेवामा विशेष छुट दिइने भएको छ । सिटिजन्स बैंक र मेडिसिटी वयोधा हस्पिटलबीच हालै यसबारे नयाँ सम्झौता भएको हो ।

समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले नेपाल मेडिसिटी वयोधा हस्पिटलमा १० प्रतिशतसम्मको छुट पाउने छन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकले विश्वास लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको