Like us!
Follow us!
Connect us!
Watch us!

कास्कीका सहकारी पीडितले बनाए संयुक्त सङ्घर्ष समिति, भोलि प्रदर्शन गर्दै

अर्थ संसार

आइतबार, ०९ बैशाख २०८१, १७ : ५२ मा प्रकाशित

कास्कीका सहकारी पीडितले बनाए संयुक्त सङ्घर्ष समिति, भोलि प्रदर्शन गर्दै

कास्कीको पोखरामा रहेका समस्याग्रस्त सहकारीका पीडितहरुले संयुक्त सङ्घर्ष समिति गठन गरेका छन् ।

समितिमा कारोबार बन्द भएका, बचतकर्ताको बचत रकम फिर्ता नगरी फरार भएका अथवा फिर्ता हुन समस्या देखिएका ६ सहकारीका बचतकर्ताहरु रहेका छन् । समस्याग्रस्त सहकारीमा सुर्यदर्शन, इमेज, मित्रमिलन, बलिदानी, बिन्दवासिनी र शिवशिखर सहकारी रहेका छन् । उक्त ६ सहकारीहरुका पीडित संघर्ष समितिका प्रतिनिधिहरु भेला भई "कास्की सहकारी बचत पिडित संघर्ष समिति" गठन भएको जनाइएको छ ।

लामो समयदेखी बचत रकम फिर्ता गर्ने वातावरण सिर्जना गरिदिनका लागि राज्यका सबै सरोकारवाला निकायहरुमा निवेदन र अनुरोध गर्दै आएकोमा पीडितहरुको समस्यालाई शिघ्र समाधानको निम्ति सबै सहकारी पीडितहरुले सामुहिक रुपमा राज्यका सरोकारवाला निकायहरुलाई थप दबाब सिर्जना गर्नुपर्ने देखिएकाले संघर्ष समिति गठन गरिएको जनाइएको छ ।

समितिले भोलि सोमबार बिहान १० बजे दबाब र्‍याली आयोजना गरेको पनि जनाएको छ । र्‍याली गैह्रपाटन जिल्ला प्रहरी कार्यालय अगाडिबाट शुरु भई जिप्रका, पोखरा महानगरपालिका कार्यालय र जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको पनि समितिले जानकारी दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको