Like us!
Follow us!
Connect us!
Watch us!

पोखरामा क्लब बाहिरबाट स्कुटर चोर्ने एक पक्राउ

अर्थ संसार

आइतबार, ०९ बैशाख २०८१, १९ : १३ मा प्रकाशित

पोखरामा क्लब बाहिरबाट स्कुटर चोर्ने एक पक्राउ

पोखरामा डान्स क्लब बाहिरबाट स्कुटर चोर्ने एक युवक पक्राउ पक्राउ परेका छन् ।

आज एकाबिहानै ४:४५ बजेको पोखरा महानगर-६ लेकसाइडमा रहेको क्लब क्याटवाक अगाडि पार्किङ गरेको ग १० प ४४१२ नम्बरको स्कुटर चोरी गर्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा गुल्मी मदाने गाउँपालिका-३ घर भई हाल पोखरा महानगर-९ नयाँबजार बस्ने ३४ वर्षीय दिपक सुनार रहेका छन् ।

उनलाई चोरी सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ । पोखरामा पछिल्लो समय स्कुटर बाइक लगायत सवारीसाधन अत्यधिक हराउने गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको