Like us!
Follow us!
Connect us!
Watch us!

एमालेलाई देउवाको प्रश्न: मदन भण्डारीको हत्यारा किन पत्ता नलगाएको ?

अर्थ संसार

सोमबार, १० बैशाख २०८१, १६ : ०६ मा प्रकाशित

एमालेलाई देउवाको प्रश्न: मदन भण्डारीको हत्यारा किन पत्ता नलगाएको ?

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा अझै पत्ता लगाउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

सोमबार ललितपुरको गोदावरीथित सनराइज हलमा नेकपा एमालेद्वारा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको हिरक महोत्सव समारोहमा बोल्दै उनले मदन भण्डारीको हत्यारा किन पत्ता लगाउन नसकेको भन्दै एमाले नेतृत्वमाथि प्रश्नसमेत गरे।

मदन भण्डारी आफूहरुको पनि नेता भएको उल्लेख गर्दै उनको हत्यारा पत्ता लगाउने काम किन गरिएन भन्ने मदन भण्डारीकी धर्मपत्नीसमेत रहेकी विद्या भण्डारीलाई पनि प्रश्न गरे।

‘कांग्रेसलाई गाली गर्नेले मदन भण्डारीको हत्यारा अहिलेसम्म पत्ता लगाउन सकेको छैन। हुँदाहुँदा उहाँको ड्राईभर पनि मारियो। त्योसम्म अहिलेसम्म पत्ता लगाउन सकेको छैन। भनेदेखि मदन भण्डारी हाम्रो नेता हो, त्यसमा दुईमत छैन। तर मार्नेको पत्ता किन लागेनरु त्यसकारण कांग्रेसको विरोध गर्न सजिलो होला, गर्नुस् केही छैन। तर आफ्नो पनि भन्नु पर्‍यो नि। किन मदन भण्डारीको हत्यारा पत्ता लागेन, कांग्रेस लुकेको छ यहाँरु कहाँ लुकेको छरु त्यसैले यो रहस्यमय हत्या। दुई पटक राष्ट्रपति बनिसक्नु भयो। प्रधानमन्त्रीहरु बनिसकेको सबै। खै पत्ता लगाएकोरु त्यसकारण मलाई गाली गरेर केही हुनेवाला छैन। त्यो कुरा पत्ता लगाउनुपर्‍यो तपाईंहरुले।’ देउवाले भने

देउवाले नेपाली कांग्रेस सधैँभरि देशको महत्वपूर्ण मुद्दामा विद्यमान राजनीतिक दलहरुबीच संवाद, सहमति र सहकार्यको नीति लिँदै आएको र त्यसको निरन्तरताको पक्षमा रहेको पनि बताए। उनले संसद्‌मा प्रतिपक्षले उठाएका विषयलाई गम्भीरतापूर्वक लिन पनि सरकार र सत्तारुढ दलहरुलाई आग्रह गरे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको