Like us!
Follow us!
Connect us!
Watch us!

विपक्षीलाई प्रधानमन्त्री ‘प्रचण्ड’ नेतृत्वको सरकार ढाल्नै मुश्किल

अर्थ संसार

आइतबार, ०७ साउन २०८०, ११ : २६ मा प्रकाशित

विपक्षीलाई प्रधानमन्त्री ‘प्रचण्ड’ नेतृत्वको सरकार ढाल्नै मुश्किल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई ढाल्ने प्रतिपक्षको योजना फेरि एकपटक विफल भएको छ । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको प्रस्ताव नमान्दा विपक्षी दलका सबै सपना चकनाचुर भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री पदको प्रस्ताव राखेर प्रचण्ड सरकारलाई ढाल्ने प्रयास गरेपनि देउवा तयार नभएकाले उनको योजना पूरा हुन नसकेको विश्वसनीय स्रोतले जनाएको छ ।

सत्तारुढ दल नेकपा (एस)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रचण्ड सरकारलाई ढाल्ने षड्यन्त्र भइरहेको शनिबार पत्रकार सम्मेलनमा बताए । उनले एमाले अध्यक्ष ओलीले सरकार ढाल्ने षड्यन्त्र गरेको आरोप लगाए ।

पूर्वप्रधानमन्त्री प्रचण्ड सरकारले भ्रष्टाचार र ठूला आर्थिक अपराधका फाइल खोल्न थालेको कारण विपक्षीले प्रचण्ड नेतृत्वका सरकार ढाल्ने अनेकन प्रयास गरिरहेको उनले बताए। यसकारण प्रमुख प्रतिपक्षी दल एमालेका नेताहरू आक्रोशित बनेको उनले आरोप लगाए । र, अनेकन प्रचण्ड सरकारलाई ढाल्न खोजिरहेको समेत उनले बताए। यस राजनीतिक षड्यन्त्रमा सत्तारुढ नेपाली कांग्रेसको एउटा गुट पनि संलग्न रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डको विवादास्पद अभिव्यक्तिलाई लिएर गत असारमा एमालेले राजिनामाको माग गर्दै अभियान चलाए पनि सत्तारुढ गठबन्धनका घटक प्रचण्डको समर्थनमा बाहिरिएपछि त्यो प्रयास पनि सफल हुन नसकेको नेता नेपालले जनाए ।

नेपालको २७५ सदस्यीय प्रतिनिधिसभामा सत्तारुढ नेपाली कांग्रेस ८९ सदस्य रहेको सबैभन्दा ठूलो दल हो भने प्रधानमन्त्री प्रचण्डको पार्टी नेकपा माओवादी केन्द्रको ३२ सदस्य रहेको छ । उनी प्रमुख प्रतिपक्षी दल एमालेसँग ७८ सदस्य हुन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको