Like us!
Follow us!
Connect us!
Watch us!

म कमरेड केपी ओलीलाई विश्वास गर्न चाहन्छु: प्रधानमन्त्री प्रचण्ड

अर्थ संसार

सोमबार, १० बैशाख २०८१, १६ : ३८ मा प्रकाशित

म कमरेड केपी ओलीलाई विश्वास गर्न चाहन्छु: प्रधानमन्त्री प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूले विश्वास गर्न चाहेको बताएका छन्। 

नेकपाको हीरक जयन्तीको अवसरमा नेकपा (एमाले) द्वारा सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

‘म एमाले अध्यक्ष केपी शर्मा ओलीजीलाई विश्वास गर्न चाहन्छु, हामी विश्वास र अविश्वासको ठूलो चक्रबाट गुज्रिएका छौँ । तर, म अब विश्वास गर्न चाहन्छु । नयाँ प्रक्रियातिर अगाडि बढौँ,’ प्रधानमन्त्री प्रचण्डले ओलीतिर हेर्दै भने ।

प्रधानमन्त्री प्रचण्डले पहिलेजस्तो हौसिएर आफूहरू कम्युनिस्ट एकता गर्ने पक्षमा नरहेको बताउदै अहिलको सहकार्यलाई अघि बढाउनुपर्नेमा जोड दिए । 

‘हामी पहिलेको जस्तो हतारमा हौसिएर कम्युनिस्टको एकता भन्ने पक्षमा छैनौँ । त्यो बेला अलि बढी हौसिएछ कि ! समयभन्दा अगाडि नै दौडिएछ कि भन्ने पनि हेक्का राख्नुपर्ने ठान्छु,’ उनले तत्कालीन एकताको स्मरण गर्दै भने, ‘सहकार्य सुरु गरेका छौँ । राम्रो सहकार्य गरौँ । यसबाट जनता र राष्ट्रलाई राम्रो सेवा दिऔँ । त्यसो हुँदै गयो भने राजनीतिक दलहरूको बीचमा, कम्युनिस्टहरूको बीचमा स्वतः नै एउटा आधारभूमि तयार हुन्छ ।’ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको