Like us!
Follow us!
Connect us!
Watch us!

एक दिन पनि टिकेन सेयर बजारको हरियाली, दोहोरो अंकले घट्दा करिब ४ अर्बको कारोबार

अर्थ संसार

विहीबार, ०७ जेठ २०८३, १५ : ०६ मा प्रकाशित

एक दिन पनि टिकेन सेयर बजारको हरियाली, दोहोरो अंकले घट्दा करिब ४ अर्बको कारोबार

अघिल्लो दिन हरियाली छाएको बजार आज भने राताम्य भएको छ । अघिल्लो दिन ३० अंकले बढेको बजार आज भने १२.३६ अंकले घटेको हो । 

आजको कारोबार बन्द हुँदा परिसूचक २७४२.११ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १८८ कम्पनीको सेयर मूल्य घटेको छ भने ७२ कम्पनीको मात्रै बढेको छ । आज ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि १.५७ अंकले घटेर ४६९.४८ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य घटेको छ । १ वटाको सेयर मूल्य बढेको छ भने एउटाको स्थिर रहेको छ । 

परिसूचक घटेको दिन कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । अघिल्लो दिन ३ अर्ब ८२ करोड माथिको कारोबार भएको बजारमा आज ३ अर्ब ८९ करोड ८४ लाख १८ हजार ३८५ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ३४८ कम्पनीका ८९ लाख ५५ हजार ५४५ कित्ता सेयर ४४ हजार ७४४ पटक खरिद बिक्री हुँदा उक्त कारोबार भएको हो । आज एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको