Like us!
Follow us!
Connect us!
Watch us!

कालंगा हाइड्रोले कहिले देखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्छ ?

अर्थ संसार

विहीबार, ०७ जेठ २०८३, १३ : ५२ मा प्रकाशित

कालंगा हाइड्रोले कहिले देखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्छ ?

कालंगा हाइड्रो लिमिटेडको जेठ ८ गते (भोलि) देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र बझाङ जिल्लाका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरिसकेको छ ।

अब कम्पनीले भोलिदेखि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । यस कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ४० करोडको ३५ प्रतिशतले हुने ४९ करोड बराबरको ४९ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कुल आईपीओमध्ये १४ लाख कित्ता आयोजना प्रभावित स्थानीय र ३ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ ।

यी वाहेक कम्पनीले १ लाख ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि र १ लाख ५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि बाँडफाँट गरि बाँकी रहेको २८ लाख ७० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

थप सर्वसाधारणमा जारी हुने आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्नुपर्नेछ । यो आईपीओ निष्कासन बन्द छिटोमा जेठ १३ गतेका लागि तय गरिएको छ । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा जेठ २२ गतेसम्म निष्कासन लम्बिनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको