Like us!
Follow us!
Connect us!
Watch us!

पूर्वगृहमन्त्री सुधन गुरुङद्वारा प्रेस काउन्सिलमा उजुरी

अर्थ संसार

शुक्रबार, ०८ जेठ २०८३, १६ : १० मा प्रकाशित

पूर्वगृहमन्त्री सुधन गुरुङद्वारा प्रेस काउन्सिलमा उजुरी

तत्कालीन गृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङले आफूविरुद्ध प्रकाशित भएको समाचारलाई लिएर प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गरेका छन् ।

केही दिनअघि “सुधन गुरुङ युवतीसहित रिसोर्ट पुगेको प्रमाण प्रहरीको नियन्त्रणमा” शीर्षकमा प्रकाशित समाचार तथ्यहीन, भ्रामक तथा चरित्रहत्या गर्ने उद्देश्यले प्रकाशित गरिएको भन्दै उनले कानुनी कारबाहीको माग गरेका हुन्।

गुरुङले उक्त समाचारले आफ्नो व्यक्तिगत तथा राजनीतिक प्रतिष्ठामा गम्भीर असर परेको दाबी गरेका छन्। उनले समाचार प्रकाशित गर्ने संवाददाता दिनेश थापाविरुद्ध प्रेस काउन्सिल ऐन, २०४८ अनुसार कारबाही तथा सजायको माग गर्दै उजुरी दर्ता गराएका हुन्।

उजुरीमा उनले आफू पारिवारिक भ्रमणमा गएको घटनालाई तोडमोड गरेर “पित पत्रकारिता” गरिएको आरोप लगाएका छन्। साथै सम्बन्धित सञ्चारमाध्यम र पत्रकारमाथि आवश्यक छानबिन तथा कारबाही गर्न काउन्सिलसँग माग गरेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको