अर्थ संसार
काठमाडौं–ग्रीन डेभलपमेण्ट बैंकलाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कारोबारका लागि मूल्यको रेन्ज तोकि दिएको छ । सर्बसाधारणलाई गत जेठमा ४ लाख ५० हजार कित्ता साधारण सेयर विक्री गरेको बैंकको सेयर नेप्सेमा सुचिकृत भएको छ । बैंकको सेयरको पहिलो कारोबार प्रति कित्ता ८३ रुपैयाँदेखि २४८ रुपैयाँभित्र हुने छ ।
ग्रीन डेभलपमेण्ट बैंकले नेप्सेबाट जिआरडिबिएल कोड पाएको छ । बागलुङमा मुख्य कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंकले बागलुङ, म्याग्दी र कास्की जिल्लालाई कार्य क्षेत्र बनाएको छ । बैंकको अधिकृत पूँजी ५० करोड, जारी पूँजी १० करोड र चुक्ता पूँजी १० करोड रुपैयाँ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस