Like us!
Follow us!
Connect us!
Watch us!

बाराही हाइड्रो ९५ लाख रुपैयाँ घाटामा, प्रति सेयर नेटवर्थ ५३.८ रुपैयाँमा सीमित

अर्थ संसार

सोमबार, २४ बैशाख २०८१, ०८ : १४ मा प्रकाशित

बाराही हाइड्रो ९५ लाख रुपैयाँ घाटामा, प्रति सेयर नेटवर्थ ५३.८ रुपैयाँमा सीमित

बाराही हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय खर्च बढ्दा हाइड्रोको घाटा ९५ लाख रुपैयाँ पुगेको छ ।

खुद नाफा/घाटा

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीको खुद घाटामा गिरावट भएको छ । यस त्रैमाससम्म हाइड्रोको खुद घाटा ९५ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको घाटा एक करोड रुपैयाँ रहेको थियो ।

विद्युत उत्पादनबाट आम्दानी

तेस्रो त्रैमाससम्ममा कम्पनीले विद्युत उत्पादनबाट २ करोड ३१ लाख रुपैयाँ खूद आम्दानी गरेको छ जुन अघिल्लो वर्ष २ करोड ३२ लाख रहेको थियो ।

सञ्चालन मुनाफा

तेस्रो त्रैमाससम्म हाइड्रोको सञ्चालन मुनाफा ८९ लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा ८२ लाख रुपैयाँ रहेको थियो । सञ्चालन मुनाफा करिब ८.४१ प्रतिशतले बढेको हो ।

वित्तीय खर्च

यो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले कुल १ करोड ८० लाख रुपैयाँ वित्तीय खर्च भुक्तान गरेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले एक करोड ७९ लाख रुपैयाँ वित्तीय खर्च तिरेको थियो ।

वितरणयोग्य मुनाफा

जारी आवको कारोबारबाट यस त्रैमाससम्म वितरणयोग्य मुनाफा ९५ लाख ५६ हजार रुपैयाँले ऋणात्मक रहेको छ ।

प्रति सेयर आम्दानी

(३.६२) रुपैयाँ

मूल्य आम्दानी अनुपात

० (अन्तिम मूल्य ४९९ रुपैयाँ)

प्रति सेयर नेटवर्थ

५३ रुपैयाँ ८१ पैसा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको