Like us!
Follow us!
Connect us!
Watch us!

कुथेली बुखरी हाइड्रोको वित्तीय सूचक आकर्षक, नेटवर्थ १६० हुँदा इपिएस कति?

अर्थ संसार

सोमबार, ३१ बैशाख २०८१, ०९ : ५१ मा प्रकाशित

कुथेली बुखरी हाइड्रोको वित्तीय सूचक आकर्षक, नेटवर्थ १६० हुँदा इपिएस कति?

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । नियमित विद्युत बिक्री गर्दा हाइड्रोको नेटवर्थ, इपिएस जस्ता वित्तीय सूचक आकर्षक देखिएको छ ।

खुद नाफा/घाटा

यस त्रैमाससम्म हाइड्रोको खुद नाफा एक करोड ४२ लाख रुपैयाँ रहेको छ । अघिल्लो त्रैमाससम्म कम्पनीको नाफा एक करोड ३ लाख रुपैयाँ रहेको थियो ।

विद्युत उत्पादनबाट आम्दानी

तेस्रो त्रैमाससम्ममा कम्पनीले विद्युत उत्पादनबाट २ करोड ८८ लाख ५१ हजार रुपैयाँ खूद आम्दानी गरेको छ । यो त्रैमासमा हाइड्रोले विद्युत उत्पादनबाट करिब ७२ लाख रुपैयाँ कमाएको छ ।

सञ्चालन मुनाफा

तेस्रो त्रैमाससम्म हाइड्रोको सञ्चालन मुनाफा २ करोड रुपैयाँ पुगेको छ जुन गत त्रैमासमा १ करोड ४० लाख रुपैयाँ रहेको थियो ।

वित्तीय खर्च

तेस्रो त्रैमासिकमा मात्रै हाइड्रोले वित्तीय खर्च बापत् १३ लाख ३३ हजार रुपैयाँ तिरेको छ । यो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले कुल ४८ लाख रुपैयाँ वित्तीय खर्च भुक्तान गरेको छ ।

वितरणयोग्य मुनाफा

जारी आवको कारोबारबाट यस त्रैमाससम्म वितरणयोग्य मुनाफा एक करोड ४२ लाख ७४ हजार रुपैयाँ रहेको छ ।

नेटवर्थ

१६०.७४ रुपैयाँ

इपिएस

३१.२३ रुपैयाँ

पिई रेसियो

३३.०८ (अन्तिम मूल्य १०३३ रुपैयाँ)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको