Like us!
Follow us!
Connect us!
Watch us!

चैत्र अन्तिमदेखि विद्युत बिक्री थालेको ईङवा हाइड्रोले कमायो आठ लाख नाफा

अर्थ संसार

आइतबार, ३० बैशाख २०८१, १२ : ४६ मा प्रकाशित

चैत्र अन्तिमदेखि विद्युत बिक्री थालेको ईङवा हाइड्रोले कमायो आठ लाख नाफा

ईङवा हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । गत चैत्र अन्तिमदेखि विद्युत बिक्री थालेको हाइड्रोले आठ लाख रुपैयाँ नाफा कमाएको छ ।

खुद नाफा/घाटा

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीको खुद नाफामा वृद्धि भएको छ । यस त्रैमाससम्म हाइड्रोको खुद नाफा ८ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनी ८५ हजार रुपैयाँ घाटामा रहेको थियो ।

विद्युत उत्पादनबाट आम्दानी

तेस्रो त्रैमाससम्ममा कम्पनीले विद्युत उत्पादनबाट १९ लाख २५ हजार रुपैयाँ खूद आम्दानी गरेको छ ।

वितरणयोग्य मुनाफा

जारी आवको कारोबारबाट यस त्रैमाससम्म वितरणयोग्य मुनाफा ८ लाख १ हजार रुपैयाँले ऋणात्मक रहेको छ ।

नेटवर्थ

९८.५७ रुपैयाँ

इपिएस 

०.१८ रुपैयाँ

पिईरेसियो

२३१२.२२ (अन्तिम मूल्य ४१२ रुपैयाँ)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको