Like us!
Follow us!
Connect us!
Watch us!

वित्तीय खर्च बढ्दा मनकामना इन्जिनियरिङको घाटा चुलियो

अर्थ संसार

आइतबार, ३० बैशाख २०८१, १२ : २९ मा प्रकाशित

वित्तीय खर्च बढ्दा मनकामना इन्जिनियरिङको घाटा चुलियो

मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको वित्तीय खर्च बढेसँगै खुद घाटा पनि उच्च भएको छ ।

खुद नाफा/घाटा

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीको खुद घाटामा वृद्धि भएको छ । यस त्रैमाससम्म हाइड्रोको खुद घाटा ३ करोड १३ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनी ४७ लाख ७५ हजार रुपैयाँ घाटामा रहेको थियो ।

विद्युत उत्पादनबाट आम्दानी

तेस्रो त्रैमाससम्ममा कम्पनीले विद्युत उत्पादनबाट ८ करोड ३४ लाख रुपैयाँ खूद आम्दानी गरेको छ जुन अघिल्लो वर्ष ३ करोड ५३ लाख रहेको थियो । यो त्रैमासमा हाइड्रोले विद्युत उत्पादनबाट १ करोड ३९ लाख रुपैयाँ कमाएको छ ।

सञ्चालन मुनाफा

तेस्रो त्रैमाससम्म हाइड्रोको सञ्चालन मुनाफा २ करोड ९८ लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा १ करोड ५२ लाख रुपैयाँ रहेको थियो । सञ्चालन मुनाफा करिब ९५.३ प्रतिशतले बढेको हो ।

वित्तीय खर्च

तेस्रो त्रैमासिकमा मात्रै हाइड्रोले वित्तीय खर्च बापत् २ करोड १२ लाख रुपैयाँ तिरेको छ । यो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले कुल ६ करोड ११ लाख रुपैयाँ वित्तीय खर्च भुक्तान गरेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले २ करोड रुपैयाँ वित्तीय खर्च तिरेको थियो ।

वितरणयोग्य मुनाफा

जारी आवको कारोबारबाट यस त्रैमाससम्म वितरणयोग्य मुनाफा ३ करोड १३ लाख ४ हजार रुपैयाँले ऋणात्मक रहेको छ ।

नेटवर्थ

७३.२४ रुपैयाँ

इपिएस

(१५.६५) रुपैयाँ

पिई रेसियो

० (अन्तिम मूल्य ३१७.५ रुपैयाँ)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको