Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत बिक्रीको आम्दानी बढेपनि सयपत्री हाइड्रोको नाफामा गिरावट

अर्थ संसार

सोमबार, ३१ बैशाख २०८१, १२ : २३ मा प्रकाशित

विद्युत बिक्रीको आम्दानी बढेपनि सयपत्री हाइड्रोको नाफामा गिरावट

सयपत्री हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विद्युत बिक्री बापतको आम्दानी घट्दा कम्पनीको नाफामा पनि गिरावट आएको छ ।

खुद नाफा/घाटा

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीको खुद नाफामा गिरावट भएको छ । यस त्रैमाससम्म हाइड्रोको खुद नाफा ६२ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनी ७७ लाख रुपैयाँ नाफामा रहेको थियो ।

विद्युत उत्पादनबाट आम्दानी

तेस्रो त्रैमाससम्ममा कम्पनीले विद्युत उत्पादनबाट ५ करोड ६ लाख ७६ हजार रुपैयाँ खूद आम्दानी गरेको छ जुन अघिल्लो वर्ष ४ करोड ९४ लाख रहेको थियो । यो त्रैमासमा हाइड्रोले विद्युत उत्पादनबाट ६९ लाख रुपैयाँ कमाएको छ ।

सञ्चालन मुनाफा

तेस्रो त्रैमाससम्म हाइड्रोको सञ्चालन मुनाफा ४ करोड ७ लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा ४ करोड ४३ लाख रुपैयाँ रहेको थियो । सञ्चालन मुनाफा करिब ८.१६ प्रतिशतले घटेको हो ।

वित्तीय खर्च

तेस्रो त्रैमासिकमा मात्रै हाइड्रोले वित्तीय खर्च बापत् ६३ लाख रुपैयाँ तिरेको छ । यो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले कुल २ करोड १२ लाख रुपैयाँ वित्तीय खर्च भुक्तान गरेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले २ करोड ३५ लाख रुपैयाँ वित्तीय खर्च तिरेको थियो ।

वितरणयोग्य मुनाफा

जारी आवको कारोबारबाट यस त्रैमाससम्म वितरणयोग्य मुनाफा ६२ लाख ५६ हजार रुपैयाँले ऋणात्मक रहेको छ ।

नेटवर्थ

९१.०५ रुपैयाँ

इपिएस

२.०९ रुपैयाँ

पिई रेसियो

२२६.७४ (अन्तिम मूल्य ४७३.९ रुपैयाँ)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको