Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टेलिकमको नाफा ५.५९ अर्ब, प्रति सेयर आम्दानी कति?

अर्थ संसार

सोमबार, ३१ बैशाख २०८१, ०९ : ३२ मा प्रकाशित

नेपाल टेलिकमको नाफा ५.५९ अर्ब, प्रति सेयर आम्दानी कति?

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । व्यवसायिक तथा वित्तीय आम्दानी घटे पनि कम्पनीको नाफामा भने वृद्धि भएको छ ।

खुद नाफा/घाटा

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म टेलिकमको खुद नाफामा वृद्धि भएको छ । यस त्रैमाससम्म कम्पनीको खुद नाफा ५ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको नाफा ५ अर्ब ४१ करोड १९ लाख रुपैयाँ रहेको थियो ।

व्यापारबाट आम्दानी

तेस्रो त्रैमाससम्ममा कम्पनीले मुख्य व्यापारबाट २५ अर्ब ४८ करोड १२ लाख रुपैयाँ आम्दानी गरेको छ जुन अघिल्लो वर्ष २७ अर्ब ३४ करोड ६६ लाख रुपैयाँ रहेको थियो । यो त्रैमासमात्र टेलिकम सेवा बेचेर कम्पनीले ८ अर्ब २३ करोड ४५ लाख रुपैयाँ कमाएको छ ।

सञ्चालनमुनाफा

तेस्रो त्रैमाससम्म कम्पनीको सञ्चालन मुनाफा १३ अर्ब ४० करोड २९ लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा १४ अर्ब ८२ करोड ४५ लाख रुपैयाँ रहेको थियो । सञ्चालन मुनाफा करिब ९.५ प्रतिशतले घटेको हो ।

वितरणयोग्यमुनाफा

जारी आवको कारोबारबाट यस त्रैमाससम्म वितरणयोग्य मुनाफा ५ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ रहेको छ ।

इपिएस

४१.४४ रुपैयाँ

पिईरेसियो

२०.१३ (अन्तिम मूल्य ९३४ रुपैयाँ)

नेटवर्थ

५१२.९९ रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको