Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा १५ अंकको गिरावट ,विकास बैंकबाहेक सबै कम्पनीको सेयर मूल्य घट्यो

अर्थ संसार

सोमबार, २४ बैशाख २०८१, १५ : २५ मा प्रकाशित

सेयर बजारमा १५ अंकको गिरावट ,विकास बैंकबाहेक सबै कम्पनीको सेयर मूल्य घट्यो

साताको दोस्रो कारोबार दिन  नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ ।  आज सेयर बजार नेप्से परिसूचक १५.६२ अंकले घटेर बन्द भएको हो । 

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ७९ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन २ अर्ब ८९ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

आज विकास बैंकबाहेक बाँकी १२ उपसमूहको परिसूचक घटेको छ  भने १ उपसमूहको परिसूचक बढेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक ०.२३ प्रतिशत बढेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.९६ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ। 

नेप्से घट्दा पनि यी कम्पनीको सेयरमूल्य भने बढ्यो

सोमबार नेप्से १५.६२ अंकले घटेपनि केही कम्पनीका  लगानीकर्ता भने मालामाल भएका छन् । आज ६२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७७ कम्पनकिो शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै बोटलर्स नेपाल तराईका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.०३ प्रतिशतका दरले कमाएका छन् । माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताले ८.५२ प्रतिशतका दरले कमाएका छन् । सिवाइसी नेपाल लघुवित्तका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् । दिव्यश्वरी हाइड्रोका लगानीकर्ताले ४.९२ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै,आज सबैभन्दा धेरै पोखरा फाइनान्स र दोल्ती पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको