Like us!
Follow us!
Connect us!
Watch us!

डिप्रोक्स लघुवित्तको यस्तो आयो वित्तीय विवरण

अर्थ संसार

बुधबार, २६ बैशाख २०८१, १४ : ३४ मा प्रकाशित

डिप्रोक्स लघुवित्तको यस्तो आयो वित्तीय विवरण

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनीक गरेको छ । वित्तीय विवरण अनुसार उक्त अवधिसम्ममा कम्पनीको नाफामा गिरावट आएको छ ।

खुद नाफा

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा ८.८६ प्रतिशतको गिरावट आएको छ । यस संस्थाले चालु आर्थिक वर्ष २०८० ८१ को तेस्रो त्रैमाससम्म २५ करोड २९ लाख  रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसैअवधिमा यो संस्थाले २७ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको थियो । 

इम्पेयरमेन्च चार्ज

संस्थाको इम्पेयरमेन्च चार्ज बढ्दा नाफामा असर परेको हो । ९ करोड ४९ लाख रुपैयाँ रहेको उक्त चार्ज यसअवधिसम्म आइपुग्दा १६ करोड ४० लाख कायम भएको छ ।

चुक्ता पुँजी 

तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार हाल डिप्रोक्सको चुक्ता पुँजी १ अर्ब ७० करोड ६१ लाख ९६ हजार रुपैयाँको रहेको छ । 

जगेडा कोष

तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोषमा १ अर्ब २६ करोड ६९ लाख रुपैयाँ जम्मा छ ।

प्रतिसेयर आम्दानी 

यसअवधिसम्म आइपुग्दा यो लघुवित्तको प्रतिसेयर आम्दानी १९.७७ रुपैयाँ कायम भएको छ । 

प्रतिसेयर नेटवर्थ
कम्पनीको प्रतिसेयर नेटवर्थ भने १९६.५१ रुपैयाँ देखिएको छ । 

एनपीएल
संस्थाको एनपीएल ४.४९ प्रतिशत विन्दुबाट बढेर ८.२५ प्रतिशत विन्दुमा पुगेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको