Like us!
Follow us!
Connect us!
Watch us!

फर्स्ट माइक्रोफाइनान्सको १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

सोमबार, ३१ बैशाख २०८१, १३ : ३२ मा प्रकाशित

फर्स्ट माइक्रोफाइनान्सको १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । लघुवित्तले संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्री गर्न लागेको हो । संस्थाको १ लाख २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

यो सेयरको न्यूनतम मूल्य ३१५ रुपैयाँ तोकिएको छ । उक्त  सेयरमा जो कोही व्यक्ति, कम्पनी, संघ संस्थाहरुले आवेदन दिन सक्ने छन् । इच्छुक लगानीकर्ताले जेठ ७ गतेसम्म मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा आवेदन दिन सक्ने छन् ।

आवेदन फाराममा आफूले लिन चाहेको  सेयर कित्ताको दर रेट अंक र अक्षरमा स्पष्टसंग लेख्नु पर्नेछ । अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरमा लेखेकोलाई मान्यता दिइनेछ । केरमेट भएको ठाउँमा दस्तखत गर्नु पर्नेछ ।

सेयर खरीदको लागि आवेदन गर्दा न्यूनतम १५ हजार कित्ता  सेयरको लागि आवेदन दिनु पर्नेछ । सो भन्दा बढी  सेयर खरीद गर्नका लागि बोलपत्र पेश गर्ने बोलपत्रदाताले १० अंकको गुणाङ्कमा अधिकतम १ लाख २० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको