Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बीमा प्राधिकरणको ५६ औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी कार्यक्रम

अर्थ संसार

सोमबार, ३१ बैशाख २०८१, १४ : ३५ मा प्रकाशित

नेपाल बीमा प्राधिकरणको ५६ औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी कार्यक्रम

नेपाल बीमा प्राधिकरणको ५६औँ वार्षिकोत्सवका अवसरमा आज (सोमबार) बिहान काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ ।

काठमाडौंको भद्रकालीबाट सुरू भएको प्रभातफेरी र्याली सुन्धारा, रत्नपार्क हुँदै भृकुटीमण्डपमा पुगेर कोण सभामा परिणत भएको थियो ।प्रभावतफेरी कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक सुशील देव सुवेदी, निर्देशक पूजन ढुङ्गेल (अधिकारी), निर्देशक दिनेश कुमार लाल र कर्मचारीहरू सहभागि भएका थिए ।

साथ, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू तथा कर्मचारीहरू, जीवन बीमक संघ, नेपाल बीमक संघ, बीमा सर्भेयर संघ, पेशागत बीमा अभिकर्ता संघ लगायतको सहभागिता रहेको थियो ।

सभालाई सम्बोधन गर्दै प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले आम जनतालाई बीमाको महत्वबारेमा बुझाएर बीमाको दायरामा ल्याउनुपर्ने बताए ।

जीवन बीमक संघ नेपालका अध्यक्ष पोषकराज पौडेलले प्राधिकरणको ५६औँ वार्षिकोत्सवको सुभकामना दिँदै बीमा क्षेत्रलाई अझ विश्वासिलो र गर्विलो बनाउनुपर्ने बताए । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले बीमाको पहुँच बढाउन गाउँघरसम्म पुग्नु पर्ने बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको