Like us!
Follow us!
Connect us!
Watch us!

दुई कम्पनीको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

मंगलबार, ०१ जेठ २०८१, ११ : १९ मा प्रकाशित

दुई कम्पनीको संस्थापक सेयर बिक्रीमा

मिथिला लघुवित्त वित्तीय संस्था र गोर्खाज फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखिएको छ ।  यी दुई कम्पनीले  कुल ३० हजार २ सय २४ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। 

मिथिला लघुवित्तको १० हजार कित्ता र गोर्खाज फाइनान्सको २० हजार २ सय २४ कित्ता गरेर ३० हजार २ सय २४ कित्ता संस्थापक सेयर बिक्रीका लागी मंगलबार सुचना जारी गरेका हुन् । 

मिथिला लघुवित्तको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६ सय ५५ रुपैयाँ निर्धारण गरिएको छ ।

यस संस्थाका इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय ढल्केवर धनुषामा आवश्यक कागजात संलग्न गरी के कति दर रेटमा खरिद गर्न चाहेको उल्लेख गरी आवेदन पेस गर्नुपर्नेछ ।

गोर्खाज फाइनान्सको सेयर खरिदका लागि सेयर खरिदका लागि कम्पनीका इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौं डिल्लीबजारमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क गरी आवश्यक कागजातसहित निवेदन पेस गर्नुपर्नेछ । 

तोकिएको समयभित्र आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको