Like us!
Follow us!
Connect us!
Watch us!

केही लगानीकर्ताको व्यवहारले ब्रोकर नै पीडित !

अर्थ संसार

बुधबार, ०२ जेठ २०८१, ०८ : ३२ मा प्रकाशित

केही लगानीकर्ताको व्यवहारले ब्रोकर नै पीडित !

ब्रोकर कमिसन मार्फत मुनाफा आर्जन गर्न उदेश्य सहित हाल धितोपत्र बोर्डबाट स्वीकृति लिएर झन्डै झन्डै सय ब्रोकरले बजारमा ब्रोकर सेवा दिदै आएका छन्। निरन्तर घट्दो बजार र बढेको व्यवसायिक चुनौतीका ब्रोकरहरुलाई निकै नै व्यवसाय गर्न चुनौती देखिएको प्रतिकुल अवस्था छ। 

बजार ट्रेड गर्ने लगानीकर्ता निकै थोरै भएपछि नयाँ ग्राहक थप्ने भन्दा पनि पुराना र नयाँ ब्रोकर बिच एकले अर्कोको ग्राहक फुत्काउने अनेक रणनीतिहरू बनाउने गरेका छन्। 

ब्रोकरहरुको ग्राहकलाई लोभाउन उनीहरुले आफ्ना ग्राहकलाई निश्चित उधारो दिने गरेका छन्। जसका कारण पनि ब्रोकरहरुलाई सधैँ जसो कारोबारको सेटलमेन्ट मिलाउन ब्रोकरलाई हम्मेहम्मे परिरहेको देखिन्छ। 

बजार घट्दा अझ ग्राहकले फोन नउठाउने र सम्पर्कमा नआउने समस्याले ब्रोकरलाई आफ्नो सेटलमेन्ट मिलाउन चुनौती हुने गरेको एक धितोपत्र व्यवसायीले बताए। 

पैसा उठाउने हम्मे हम्मे परेको बेला उता ब्रोकरलाई भने पछिल्लो समय एक पछि अर्को उजुरी दिएर केही लगानीकर्ताले दिक्क पार्न थालेका छन् ।

ब्रोकर विरुद्ध लगानीकर्ताले कहिले नेपाल धितोपत्र बोर्ड, नेप्से, सिडिएस एण्ड क्लियरिङ्ग, अर्थमन्त्रालय देखि अख्तियार सम्म पुग्ने गरेका छन्। तेस्को परिणाम सोरुप निरन्तर नियामकबाट पत्राचार र सानातिना कारणमा पनि निरन्तर स्पष्टीकरण दिनु पर्दा ब्रोकर कम्पनी भने आजित भएका छन्। 

'ग्राहक आफ्ना समस्या हामीलाई सुनाउन आउदैनन,सिधै नियामकमा पुग्ने गरेका छन्। नियामक पनि समस्या  के हो नबुझी एक्सनमा उत्रिने गरेको छ। ' एक ब्रोकरले भने। 

कारोबारको प्रणाली नबुझेका केही लगानीकर्ताले आज बेचेको सेयरको पैसा भोलि नै नहालिदिएको भनेर समेत उजुरी परेको ब्रोकरहरुको गुनासो छ। 

नेप्सेमा कारोबारको सेटलमेन्ट ब्रोकरले टि+२ दिनमा गरिसक्नुपर्ने प्रावधान रहेको छ । आम लगानीकर्ताले भने टिं+१ दिनमा खरिद गरे बापतको रकम भुक्तान गर्नुपर्ने व्यवस्था छ । 

तर त्यस अवधिमा रकम सेटल नभए पनि ब्रोकर पुलमा भएको सेयर बिक्री गरेर आफ्नो रकम भुक्तानी उठाउन पाउने व्यवस्था नहुँदा ब्रोकरलाई लगानीकर्ता कै भर पर्नुपर्ने बाध्यता रहेको छ । कतिपय लगानीकर्ताले आफूले खरिद गरेको सेयर बापतको रकम भुक्तान गर्नु त कता हो कता उल्टै फोनसमेत नउठाउने गरेको ब्रोकरले बताउँदै आएका छन् ।

उधारो कारोबारीका कारण समग्र भुक्तानी प्रणालीमै समस्या भोग्दै आएका ब्रोकरले पछिल्लो समय केही लगानीकर्ताले भने निकै दु:ख दिएको ब्रोकरहरुको गुनासो छ। कुरा बुझाउन खोज्दा पनि स-साना कुरामा पनिमा नियामकमा उजुरी हाल्छु भन्ने धम्की आफुहरुले सुन्न परेको र यो एक प्रकारको ब्लाकमेलिङ नै हो भन्ने गरेका छन्। 

अझ नियामकमा उजुरीपछि नियामकले पनि समस्या बुझ्दै नबुझी एक्सनमा उत्रिंदा ब्रोकरको पछिल्लो समय मनोबल खस्किएको ब्रोकरहरुले बताउने गरेको छ। कहिँ नेप्से, कहिले सिडिएस त कहिले सेबोनबाट निरन्तर एकै प्रकारको पत्र प्राप्त हुने र पत्रको जवाफ दिदाँ दिंदा हैरान भएको समेत बताउँछन्। 

केही कारोबारीले समयमा सेयर किनेको पैसा नतिर्दा त्यही पैसा बिक्रीकर्तालाई दिनुपर्ने ब्रोकरहरुले ओभरड्राफ्ट लिएर समेत लगानीकर्ताको रकम सेटल गर्दै आएका छन् । महङ्गो ब्याजको उक्त किसिमका ओभरड्राफ्ट कर्जाको ब्याज तिर्दा आफूलाई कर्मचारी पाल्ने आम्दानी गर्न समेत धौ धौ पर्न थालेको केही ब्रोकरको भनाई छ । केही ठूला लगानीकर्ताको करोडौं खरिदको सेटल ऋण लिएर गर्दा व्यवसाय नै छाड्ने अवस्था देखिएको समेत ब्रोकर व्यवसायीको भनाई छ ।

यसरी सेटलमेन्ट नहुँदा ब्रोकर आफैले फोर्स सेटलमेन्ट गर्नुपर्ने अवस्था आउने र त्यसले सेयरबजारलाई नै घटाउन मद्दत पुर्याउने गरेको छ । फोर्स सेटलमेन्ट गर्दा बजारमा जुन मूल्यमा खरिदकर्ता छन् त्यसै मूल्यमा सेयर बिक्री गर्दा बजार तीवर रुपमा खस्ने गरेको पछिल्लो उदाहरणहरु रहेका छन् । अक्सर बजार बुलिस चरणमा हुँदा हुने उधारो कारोबार बजार खस्दा समेत उल्लेख्य रुपमा बढ्ने गरेको छ । बजार तीव्र रुपमा बाउन्सब्याक हुने अपेक्षाका साथ हुने यस्ता कारोबार बजार थप घटेमा भने पैसा उठाउनै हम्मे हम्मे हुने गरेको ब्रोकरको भनाई छ । त्यस्तो अवस्थामा लगानीकर्तालाई जानकारी दिएरै ब्रोकरले फोर्स सेटलमेन्ट गरिदिने गरेका छन् ।

उधारो कारोबारका साथसाथै घट्दो कमिसनले पनि ब्रोकरलाई व्यवसाय चलाउन मुस्किल पर्न थालेको ब्रोकरहरुको भनाई छ । ब्रोकर कमिसन घटाउने प्रस्ताव मन्त्रीपरिषद् बाट पारित भइ जेठ १ गते देखि कार्यान्वयन सुरु पनि भएको छ । यसले आफ्नो प्रोफिटाबिलिटी थप प्रभावित हुने ब्रोकरहरु बताउँछन् । उधारो कारोबारीलाई रोक्ने मेकानिज्म तयार गर्नुपर्ने, लगानीकर्तालाई सूसुचित गर्नुपर्ने जस्ता कार्य यथाशीघ्र गर्न पनि ब्रोकरहरुले माग गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको