Like us!
Follow us!
Connect us!
Watch us!

जानकी फाइनान्सको १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

बुधबार, ०२ जेठ २०८१, ११ : २९ मा प्रकाशित

जानकी फाइनान्सको १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा

जानकी फाइनान्स कम्पनी लिमिटेडले १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीहरु मध्ये यश अग्रवालको नाममा रहेको १ लाख १५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयरधनी बाहेकका अन्य व्यक्ति, संस्था वा कम्पनीले यो पटकको लिलामीमा आवेदन दिन पाउने छैनन् ।

संस्थापक सेयरधनीहरुले आज जेठ २ गतेदेखि ३५ दिनभित्र आवश्यक कागज सहित यस वित्तीय संस्थाको कम्पनी सचिव कार्यालयमा आवेदन दिन सक्ने छन् ।

तोकिएको उक्त म्यादभित्र कायम संस्थापक सेयरधनीहरुको निवेदन पेश हुन नआएमा प्रचलित नियमानुसार अन्य व्यक्तिलाई बिक्री गर्ने सम्बन्धी आवश्यक कारबाही अघि बढाईने कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको