Like us!
Follow us!
Connect us!
Watch us!

रविविरूद्ध फैसला सुनाउन कांग्रेसका सांसद न्यायाधीश होइनन् : केपी ओली

अर्थ संसार

बुधबार, ०२ जेठ २०८१, १६ : ४६ मा प्रकाशित

रविविरूद्ध फैसला सुनाउन कांग्रेसका सांसद न्यायाधीश होइनन् : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवि लामिछानेलाई आरोप लगाउदा कांग्रेसलाई शरम लाग्नुपर्ने तर्क गरेका छन् । 

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले आरोप लागेपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सदनमा बोल्न पाउनुपर्ने बताउदै यस्तो तर्क गरेका हुन् ।

उनले गृहमन्त्रीमाथि आरोप लगाउँदै फैसला सुनाउने कांग्रेसका सांसदहरू न्यायाधीश नभएको प्रष्ट्याए ।

उनले भने, ‘सांसदहरूले बोल्नै नपाउने, आरोपित गर्ने अनि बोल्नै नपाउने कस्तो खालको ? लोकतन्त्र भन्न अप्ठ्यारो लाग्दैन कांग्रेसलाई, कुनै माननीयमाथि व्यक्ति तोकेर आरोप लगाएपछि ? को न्यायाधीश हुन्छ नेपाली कांग्रेस, कुन सांसद न्यायाधीश हुन्छ फलानो अपराधी नै हुन्छ भनेर ? राजनीति स्वार्थ पूरा भएन भने अर्को अपराधी भइहाल्ने ? आफ्नो तर्फ आउन मानेन भने अपराधी भइहाल्ने ? कांग्रेसलाई शरम लाग्नुपर्छ ।’

सदन नेपाली कांग्रेसको दादागिरीले चल्ने ठाउँ नभएको ओलीको तर्क छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको