Like us!
Follow us!
Connect us!
Watch us!

‘भिजा’को नेपालसहित तीन देशको कन्ट्री म्यानेजरमा सब्बिर

अर्थ संसार

बुधबार, ०२ जेठ २०८१, १७ : ५३ मा प्रकाशित

‘भिजा’को नेपालसहित तीन देशको कन्ट्री म्यानेजरमा सब्बिर

भुक्तानीमा विश्वव्यापी अग्रणी संस्था भिजाले, सब्बीर अहमदलाई नेपाल, बंगलादेश र भुटानका लागि कन्ट्री म्यानेजर नियुक्त गरेको छ ।  

बंगलादेश र भियतनाममा बैंकिङ र भुक्तानीमा २७ वर्षभन्दा बढी अनुभव बटुलेका सब्बीरले अब सार्क देशहरु नेपाल, बंगलादेश र भुटानमा काम गर्नेछन् । बंगलादेशको ढाकामा केन्द्रीय कार्यालय रहेको भिजाले नयाँ व्यवस्थापक नियुक्त गरेपछि तीनै देशको बजारमा आफ्नो नेतृत्व तथा प्रतिबद्धता दोहो‍र्‍याएको छ । सब्बीरको नेतृत्वमा दक्षिण एसियाभरी डिजिटल भुक्तानीमा आफ्नो उपस्थिति बलियो बनाउने लक्ष्य भिजाको छ ।  

भिजा इन्डिया र दक्षिण एसियाका ग्रुप कन्ट्री म्यानेजर सन्दीप घोषले नेपाल, बंगलादेश र भुटानका लागि सब्बीर अहमदलाई कन्ट्री म्यानेजरको रूपमा स्वागत गर्न पाउँदा खुसी भएको बताए।

सब्बीरको आफ्नो बलियो व्यावसायिक उपलब्धिहरू, विविध बैंकिङ अनुभव र गहिरो बजार सम्बन्धले हाम्रो नेतृत्वलाई बलियो बनाउने, व्यावसायिक उद्देश्यहरू अघि बढाउने र भिजाको लागि दिगो विकासलाई प्रोत्साहन गर्ने कम्पनीको विश्वास छ।  

सब्बीर नेपालमा भिजाको व्यावसायिक प्राथमिकताहरू प्रवर्धन गर्न जिम्मेवार हुनेछन्। उनी र टोलीले ग्राहक, साझेदार, नियामक र इकोसिस्टम सहभागीहरूसँग भिजाको सम्बन्ध व्यवस्थापन गर्नेछन्। उनी भारत र दक्षिण एसियाका लागि भिजा नेतृत्व टोलीको हिस्सा पनि हुनेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको